श्री सिराडी साई बाबाको रूपमा प्रथम अक्तार
श्रीगंगा भव नामका द्विज थिए, पत्नी थिइण् देव् गिरी ।
दक्षिण भारत पत्रि ग्राम बिचमा, बस्थे भजी श्रीहरी ॥
कर्म नोष्ट थिए धनी पनि थिए, पार्थी थिए शीवको ।
अतीथीहरूको थियो सेवन खुब्, सन्तान् भने तीनको ॥१॥
नहुँदा प्रतिदिन थियो बिरह एक्, ति दम्पती २ महाँ ।
विनापूत्र कसोरि वंश चलला, नाश हुन्छ पक्कै याहाँ ॥
कन्यादान बिना जुन् यज्ञ फल हो, मिल्ला कसोरी अनी ।
छोरा एक र छोरि एक हुन् बेश, भन्थे निरन्ततिनी ॥२॥
तिन्को भक्ति ठूलो हुँदा महेशजी, त्यो योगिको रुप धरी ।
पाल्नू भो द्विजका भवन् बिचमहाँ, अत्यन्त प्रेमले गरी ॥
अतीथीगृहमा बसाइ प्रभुलाई, हेछिन् ति देवै गिरी ।
अद्भूत् दर्शन पाउछिन् शिवजिको, आश्चर्यमा ती परी ॥३॥
भन्छिन् ब्राह्मणमा गएर यि कुरा, यस्तो देखें लौ भनी ।
दुवै ब्राह्मण ब्राह्मणी उसबखत्, पर्छन् तिपद्मा अनी ॥
हेनाथ् ख्वामित हे प्रभो पशुपते, हे भक्त वत्सल प्रभो !।
शरणमा लिई बक्सियोस् हजुरको, जान्दीन लीला अहो ॥४॥
आज्ञा भयो शिवजिको तिनीहरु माथी ।
के माग्दछौ माग भनेर शिरै समाती ॥
आफ्ना ति इष्ठदेवको पाउमा परेर ।
भन्छन् ति दम्पति दुई खुशी मन् गरेर ॥५॥
हे नाथ नाथ प्रभुनाथ हेदेव देव ।
सन्तान् मिलोस् विषयमा प्रभु एक एक ॥
भक्ती रहोस् चरणमा, नटुटोस् कदापी ।
सेवा गरौं चरणको नबनौं म पापी ॥६॥
हूँनेछ तिमीलाई पत्र पनि एक्, हुँनेछ पूत्री अनी ।
रला वंश यो भूमिमा द्विजवर, ! फिक्री नलीनू भनी ॥
सत्यै यूगमाहाँ दिएँथें वरदान्, त्यो तिम्रो कुलमा जनम् ।
सोही पूर्ण गराउनाकन याँहाँ, जानेर तिम्रो धरम् ॥७॥
आउने छू म पछाडि जन्म लिनहे, आतीथ्य प्रीय द्विज ।
गर्नेछू म विकास धर्म जनमा, शंका नलेऊ अब ॥
अन्तर्ध्यान् हुनुभो सदा शिवजित्यें, दिएर वर्दान यो ।
पूर्व एक र पूत्रि एक पनि फेर्, भयो ति ब्राह्मणको ॥८॥
दर्शन्ले गरदा ति दम्पति माहाँ, हतो भयो मोह जाल् ।
आत्म दर्शनमा बिताए तिनिले, त्यस्को पछी केहि काल ॥
प्रौढा वस्थामाहाँ ति देव गिरिजी, गर्भावती भै गइन् ।
पाल्नू भो भगवान् जनार्दन भनी, वैराग्य हुँदी भइन् ॥९॥
आाउँनेछन् भनेवान् सदा शिव अब, टिक्छैन बरनू याँहाँ ।
सल्लाह गरि दम्पती दुई जना, जाँदा भए बन्माहाँ ॥
त्यस्तो घोर अरण्यको बिच माहाँ, अवतार् भयो शोवको ।
लालन पालनमा नरूकि ति दुई, वैराग्य भो देहको ॥१०॥
जस्को भ्रूर कटाक्षले जगत यो, नाशिन्छ र बन्द छ ।
विश्वपालक स्वामिलाइ हामिले, पाल्नू किन पर्दछ ॥
यस्तो तर्क गरेर दम्पति दुई, ध्यान्मा त मग्नै रहे ।
त्यागी देह अनीत्यको सहजमै, कैलाश जाँदा भए ॥११॥
लीला ईश्वरको विचित्रछ अहो, यो रूप धारण माहाँ ।
फकोर् एक पुगेछ मुस्लिम लिगको, देखेछ बालक् ताहाँ ॥
नीसन्तानि हुँदा बढेछ ममता, ल्याएर वालक् घर ।
छोराकै सरि पालना गरिदियो, कत्ती नराखी पर ॥१२॥
भोक्षान्नेहरूबाट पालन भयो, अबतार्प्रभूको याहाँ ।
चश्वल भैकन वाल्यकाल बितिगो, पुग्थे ति जाहाँ ताहाँ ॥
हिंसाभो दमन पशूहरुको यो, हेर्दैन थे तो कतै ।
प्यागर्थे जिवमार घुम्थेनिशिदिनँ, पुग्थे ति जता ततै ॥१३॥
बार वर्ष हुँदा उमेर प्रभुको, लिला विचीत्रै भयो ।
गुच्चा बाजि गरेर वालक संग, खेलेर जोत्नू भयो ॥
ल्यौथे वालकले जती गोलिहरू, जितेर लीनू हुँदा ।
के हो यो भनि ग्राम वालकहरू, चकीत हुँदा छदा ॥१४॥
सामन्ती साहुनी थिइन् गाउँ माहाँ, उन्लाई एक योगिले ।
दीएथे शिवलिंग एक अदभूत्, पूज्थिन् बढो यत्नले ॥
तिन्कै पूतले नै त्यो लिंग सहजै, टोपेर ल्याउदा भए ।
बाजी थापि फिराउने शुरु गरी, थापेर खेल्दा भए ॥१५॥
त्यो लिंग पनि जीतिली प्रभुजिले, मुख्मा त राख्नू भयो ।
सब् केटा केटिको सामुन्ने प्रभुले, पेट् भीत्र पार्नू भयो ॥
यो देखी सबती केटा केटिहरू, आश्चर्य मानी रहे ।
आमालाई गएर त्यो वालकले, सबहाल भन्दा भए ॥१६॥
यो सूनी रिसले जलिन् ति महिला, कुट्छू म मुस्लिम् भनी ।
लठ्ठी एक उठाई तत्क्षण माहाँ, दौडेर आईन् अनी ॥
बाबा देखि विहाय वालकहरू, भाग्दा भए डर्परी ।
निडर्भों रहनू भयो प्रभुजिता, आनन्द माने सरी ॥१७॥
बता हे मुसले ! कहाँ ख्वै शिवजी, ? हर्लास् यसै चालले ।
मार्छु म अहिले तलाई बुझिले, छाड्दैन है कालले ॥
यस्तो क्रूर वचन् सुनेर प्रभुले, कै मन्द हास्यै गरी ।
देखोलौ भनि मुख खोलि दिनु भो, तिन्को त सामने परी ॥१८॥
देखीछन् तिनलोक त्यसमुखमाहाँ, सृष्टी र स्थीतीविनाश ।
वाही वाहि भनेर त्रशित हुँदै, थालिन् तिगर्ने विलाप ॥
प्रभूको पदमा परेर तिसती, गछिन् बिलौना पुरा ।
क्षमा गर्नु हवोस् प्रभो हजूरले, जान्दीन म क्यै कुरा ॥१९॥
जुन् देव्लाइ मपूज्दथें हरघडी, उन्लाइने यस्तरी ।
कुट्ने खातिर दौडिएँ अबुझभ, जानीन मैले हरी ! ॥
आत्मलाइ समर्पण गरिदिने, गर्थीन् प्रयासै तिनी ।
सान्त्वना दिनु भो सदा शिवजिले, फर्किन् निवासमा अनी ॥२०॥
यो हल्ला क्रमश बढ्यो जन माहाँ, विश्वास गर्थे कुन ? ।
छड़के गर्दथे हेर्दथे किसोरको, सांच्चै ति ईश्वर हुन ? ॥
लिंग लाइत कोहि दीन प्रभुले, मुखबाट ओकूली कन ।
अर्चना गरि फेरि नोल्नु भएको, देख्ते ति भक्तै जन ॥२१॥
यो देखी शिव भक्त हेरु जति छन्, लागे पछाडी पुरा ।
ज्ञान् दीनू पनि हुन्थ्यो भक्तहरूमा, हुन्थ्यो शिवैका कुरा ॥
असह्यै हुन गो ति मुस्लिम माहाँ, त्यो शैव धर्मे हुँदा ।
बसमा पूत्र नल्याएमा अबउता, मोल्दैन भीक्षा कदा ॥२२॥
पालक् फक्किरलाइ यो नसियत, हुन्थ्यो प्रती दिन् तब ।
संझायो भरसक् दियो नसियत, उद्दण्ड तो वालक ॥
नमान्दा रिसले त्यो फक्किर नी, भन्दो भयो पूत्रलाई ।
मेरो पूत्र तहोइनस् धरमले, पालेको मैले तलाई ॥२३॥
तेरो काम्बाटने म यश्चित भएँ, भिक्षान्न देखी पनी ।
निस्कीजा घरबाट झट्ट अहिले, पर्दैन बस्नू भनी ॥
फकीर्को बचनै सुनेर प्रभुजी, निस्कीदिनूभो अनी ।
स्वछन्दै गरि होड्नु हुन्थ्यो सबदिन्, पग्लाह जस्तै बनी ॥२४॥
वृक्षैका फेदमा बसेर निशिमा, जल्मा जलाइ दिप ।
झलमल्ल पारिदिनु भो, हेर्थे सबै दर्शक ॥
दर्शक् बाट प्रचार हुन्थ्यो यि कुरा, मान्थे ति सज्जन् हरू ।
बेप्रमाण पत्याउथे किन ताहाँ, सामान्य जन्ता अरू ॥२५॥
भक्तैलाइ पछ्याउँदै प्रभुजि फेर्, सीराडि ग्राम्मा गई ।
लीला केन्द्र बनाइ बक्सनु भयो, धुनी जगाई रही ॥
बम्बैबाट सिराडि ग्राम बुझनोस्, २५ घटी २ सय ।
मिल टाढा परछ ति भक्त जनलाई, पर्दैन कैल्यै भय ॥२६॥
मन्दीर एक पनी तयार हुनगोइ, त्यै पूण्य भूमी माहाँ ।
धप धप धूनि बलीरहेछ निशिदिन्, हेर्नोस् अझै छ वाँहाँ ॥
जस्को भष्म लगाउँदा जनमाहाँ, कल्याण कारी हुने ।
रोगशोक मोह सबै हटेर जनको, निरूज् पनी भै दिने ॥२७॥
वालेको प्रभुको सुवाहु देखिनै, सातौटा बत्ती कबै ।
निभ्दैनन् निशि दिन ति भक्तहरूले जगाइहेछन् अझै ॥
बयासी घटि २ हजार इसमा, ज्ञानै दिई भक्तमा ।
समाधी लिनु भो म आउने छु भनी, ८ वर्षका वादमा ॥२८॥
Comments
Post a Comment