श्री सत्य साई बाबाको रूपमा द्वितीय अवतार
श्री सत्यसाइको द्वितीय अवतार, विस्तार गर्छ याहाँ ।
विद्वान् सज्जने क्षमा गरिदिनोस्, गल्ती भएका माहाँ ॥
दक्षिण भारत भ्रान्द्र प्रदेशमाहाँ, जिल्ला अनन्तै पुर ।
गाऊँ एक छ पूट्ट पति भनिने, सद्भावको माधुर ॥१॥
पेद्दा बेकप्पा भनि नाम् गरेका ।
ब्राह्मण थिए धर्म माहाँ रहेका ॥
पत्नी थिइन् ईश्वर अम्बा नाम् की ।
सत्कर्मले पूर्ण प्रती भएकी ॥२॥
शान्त स्वभावकी सुखमा रहेको ।
सत्कर्म व्रतादि अनेक गरेकी ॥
श्री सत्य नारायणको पूजा जो ।
गर्थिन् विधी वत् नियमै यहीथ्यो ॥३॥
आउँनुभो भगवान् जनार्दन प्रभू, तिन्को त्यो गर्ने माहाँ ।
सौन्दर्य तेज अद्भुतै हुन गयो, आश्चर्य मान्थे ताहाँ ॥
शम् नीयम् हरू पालना गरदथिन्, ध्यान्मा त हुन्थिन् लिन ॥
दर्शन् श्री शिवको र पार्वति जिको, पाउँथिन् ति पल पल् छिन ॥४॥
घर्मा जो रहेका मृदंग र मृदुल्, त्यो रातका बीचमा ।
बज्थे आफइ जो शुभ स्वरगरी, पर्यो सब् आश्चर्यमा ॥
घट्ना यो घटदा ति ब्राह्मणडरी, पुगे क्वै वोद्वान्काहाँ ।
बताए घरका जती घटना हो, तिन्का त्यो सामने माहाँ ॥५॥
ध्यान् गर भगवान् जनार्दनजिको, शंका नलेउ हरे ।
कल्याण सूचक जानिलेउ तिमिले, लाभादि होला भरे ॥
आश्वासन गुरुको मिलेर ति द्विज, निश्चिन्त हँदा भए ।
आई आश्रम मा जगद् गुरुजिको, ध्यानगर्न लाग्दा भए ॥६॥
१९ सौं असि फेरि तीन बुझनोस्, विक्रमादिको सालमा ।
कृष्ण कात्तिक श्राद्र युक्त पञ्चमी, सोम् वारको दीनमा ||
चल्थ्यो वायु मधूरले चहलिदै, सुगन्ध वाही निभै ।
मानवको रूपमा भयो अवतरित, श्री शंभुको पृथ्वीमै ॥७॥
संसार्मा नवयूगको शुरु भयो, ग्रामादि मन्दिर् माहाँ ।
बम् बम् हर्हरको त शब्द हूँनगो, भो शंख नांदै ताहाँ ॥
वर्दान् श्री भारद्वाजको दुसरो स्तर्, पूर्णे भईगो अनी ।
आध्यात्मिक ज्ञानको भयो उदयफेर्, यो मर्त्यलोक्मा पनी ॥८॥
सूतीका गृहको सफाहि जति हो, पूर्ण भाई गं गयो ।
शयन् थ्यो भगवानको जमिनमा, यौटा अचम्मै भयो ॥
साँयसाँय गरेर धूनि जब भो, केहो भनी खोज् हुँदा ।
वालक्लाई बेरेर एक् गोमनले, बस्तो भएको छदा ॥९॥
वालक्लाइ हल्लाइ राख्थ्यो उसले, त्यो शेष नाग थियो ।
प्रभूको गहना हुँदा त्यस बखत्, सेवकभै कारुमा लियो ॥
के जान्थे जनता परे विपतमा, हाहाकार भैगो जब ।
होर्काउ वालकलाइ लाग्दछ भने, उपाय नास्ती अब ॥ १०॥
केवल ईश्वरको परे शरणमा, हेनाथ शंभो हरी ! ।
भन्दै सब्जनले पुकार गरथे, ठुलो सकस्मा परी ॥
धिरे धीरे चल्यो त्यो सर्प बुझनोस्, एक कोणमा गै कन ।
अदृश्यै हुन गौं बच्चों अब भनी, स्वास फेर्दथे सब् जन ॥११॥
श्री सत्य नारायणको पूजा गरी ।
पाएको सन्तान हुँदा त्यसै गरी ॥
श्री सत्य नारायण नाम यो भनी ।
राख्ता भए ब्राह्मण हेरुले पनी ॥१२॥
नामाकरणको समय हुँदा माहाँ ।
कान्मा गए ब्राह्मण नाम फुक्नमा ॥
मुसुक्क हाँसेर शिरै उठाई ।
दिए प्रभुले प्रति छक् बनाई ॥१३॥
नोक्लन्थ्यो अनि हात देखि विभुती, संकेत थियो शीवको ।
प्राप्ने भाल माहाँ लगेर पुछथिन्, माता गरी प्रेम यो ॥
बार्बार् यै रित पुछ्तथिन् ति जननी, लीला नजानी कन ।
पुत्रैको वशमा परेर निशिदिन्, राख्थिन् ति प्रेममै मन ॥१४॥
शैशव् काल माहाँ ति सत्य प्रभुको, लोला विचीत्रै थियो ।
घुम्थे सब् जगमा विनम्र भावले, स्वागत् बहूते थियो ॥
पशूबध् गरेको दमन् गरिएको, शाशन गरेको अनी ।
मार्पोट् झै झगडा दया विहीनता, यि अत्याचार्मा पनी ॥१५॥
पाऊ राख्नु हुँदैन थ्यो त्यसतिर, त्यो धर्म हीन् हो भनी ।
खेल्नू हुन्थ्यो ति वालका संगमाहाँ, धर्मावलम्बी बनी ॥
खेल्का बीच माहाँ कुनै वालकले, पीटे पनी त्यस् घरी ।
सहन् शील बनेर शान्त स्वरले, संझाउथे प्रेम् गरी ॥१६॥
हिंस्रक्के प्रभुका अगाडि चरिलाई, मार्ने प्रयास गरे ।
प्रेमले त्यस् जिवलाइ च्यापि कन दी, बचाइ दिन्थे अरे ॥
क्वै याचक् प्रभुको त्यो द्वार बिचमा, माग्नै गएका घरी ।
प्रसस्तै कन चीज दीकन ताहाँ, उद्धार गर्थे हरी ॥१७॥
साधु सन्त र याचकै हरूकन, जोदान दीन्थे सदा ।
संझाउथिन् जननी हुँदैन यसरी, मान्दैन थे तो कदा ॥
माग्नेलाइ दिइस् भने अब उता, मिल्दैन खाँनै तलाई ।
भन्थीन्ती जननी नसीयत हवोस्, भन्ने लिई सत्यलाई ॥१८॥
मातृको बचनै पुरा गरिदिन, त्यस् दीनको भोजन ।
त्यागी अल्पिनुभो खोजिन् जननिले, ति सत्य साई कन ॥
खाना सोद्धिगयो अनी प्रभुजिता, निक्लीदिनुभो तब ।
काख्मा राखि ति सोद्धछिन् भुखभयौ, खान्छौ तिमी के अब ॥१९॥
हेमातर्महिले अपूर्व चिजयी, एक्सीद्धले दीएको ।
खाई पूर्ण भएँ यो हात सुंघनोस्, चीन्ता किन लीएको ॥
थ्योगन्धै नङ हातका बिचमाहाँ, नाना मिठान्ने हरू ।
आश्चर्य हुन गैन् सुंधेर ति चिज, मील्थे काहाँ तो अरू ॥२०॥
प्रारम्भिक तहको पढाइ जति हो, सब् पूर्ण गनुभो ।
लौकिक मान्यता पूर्ण गर्न प्रभुले, विद्या पढेको थियो ॥
बालकको अध्ययन् देखेर सब जन्, आश्चर्य मान्दा छन ।
केको शक्ति बढ्यो यो वालक माहाँ, भन्ये सबै ती जन ॥२१॥
दोश्रो पाठशाला थ्यो अढाइ मिल दुब्, बुक्का पनं ग्राममा ।
भर्ना गर्दिनु भो ति सत्य प्रभुलाई, त्यहीँ को पाठ्शालामा ॥
वर्षा काल माहाँ खोला नाला बहुन्, जस्तै हवोस् ता पनी ।
असंभव दिनमा पनी प्रभुजिता, पुग्थे टाइम्मा अनी ॥२२॥
वीद्यार्थीहरूलाई एक चित्र गरी, लान्थे कुनै स्थान मा ।
श्रीसदाशिवको गराउँथे तिनी, ध्यानादि जो अर्चना ॥
सोथे त्यस् पछि लौ के खान्छउ भनी, तिवाल गणमा हरी ।
माग्थे जे तिनले त्यै चीज दिदथे, खान्थे सब छक् परी ॥२३॥
हात्मा थ्यो एउटा कितापको झोला, त्यस् बाटने सब् चिज ।
उत्पत्ती गरि बाढ्दथे प्रभुजिता, बसेर सबका बिच ॥
खान्थे ती शिशुहेरु तर्क नगरी, अञ्जान् हुनाले गरी ।
यौटा कीसोरले सोध्यो उस बखत् काँ बाट प्रायो ? हरी ! ॥२४॥
मैले जुन् चिज माग्दछू यस बखत्, दिन्छन् ति ग्राम् देवले ।
सत्यै मार्गि बन्यौ भने तिमिकन, दिने छन् तिन् देवले ॥
एक् दिन् क्लास माहाँ बसेर प्रभुजी, ज्ञान्का त गर्थे कुरा ।
शीक्षकले किन पढ्दैनौं पढ भनी, भन्थे प्रभूमा बुरा ॥२५॥
उत्तर्यो दिनु भो सब् ठिक्छु गुरूजी, आज्ञा दिनू होस् अब ।
भन्ने छू सब पाठ यस् बखतमा, फिक्री नलीनोस् कब ॥
शीक्षक्ले नबुझी आरोप दिनु भयो, शाशन होन्ता भनी ।
ईस्टूलमा उठने दिए आदेश यो, ति सत्यलाई अनी ॥२६॥
उठ्नु भो भगवान् त्यो इस्टुलमाहाँ, आदेश मानी वरी ।
यो देखी सबछात्र वीह्वल भए, क्षुब्धै भए बेसरी ॥
दोस्रो प्रेट् शुरू भो आए ति महबुज्, ठुला ति शीक्षक् थिए ।
सत्यमा शाशना दिने गुरुजिता, उठ्नै नसक्ने भए ॥२७॥
नउठ्ता महबुज् रिसाइ भन्छन्, छाड्दैनौ कुर्शी किन ।
हेर्नोस् यो कुरशी येँ टांसि आउछ, उठ्ने कसोरी भन ॥
वीद्यार्थीहरूले गरेर एक स्वर्, भन्दा भए त्यस् बखत् ।
सत्यैलाई उभ्याउदा हुन गयो, पक्का यसै हो शफत् ॥२८॥
देख्नूभो महबूजखाँन गुरुले, उठेका ती सत्यलाई ।
प्यारा छात्र प्रती दया हुनगयो, शंकेत् गरे बस्नलाई ॥
ओर्लीनू जब भो ति सत्य प्रभुजी, कुर्सीले शोक्षक लाई ।
छाड्दो भो तब सब् चकीत् हुन गए, प्यारोगरे सत्य लाई ॥२९॥
अघील्ला जुनिमा जुन् फक्किर भई, पालक् बनेको थियो ।
सोही यस् अवतारमा जनम ली, महबूज खांन् भै रह्यो ॥
गर्थ्यो प्यार ति सत्यमा महबुज, सेवा अती गर्दथ्यो ।
ईश्वकै अवतार् भनेर निजले, विश्वास बहुत् धर्दथ्यो ॥३०॥
चौधे वर्ष हुँदा ति सत्य प्रभुजी, बाटो हिँडेका बखत् ।
चीच्च्याई कन ऊफ्रिए त्यसघडी, समाइ कुर्कुच्चा सखत् ॥
बिच्छीले डसेकोत भान हुन गो, सारा ति जन्ता माहाँ ।
हाहाकापरिगो गरुँकसोभनी, बर्बाद् भयो लौ याहां ॥३१॥
त्यस् भेगका बिच्छिले डस्यो यदि भने, बाच्नथे क्वै पनी ।
डराए सब ती उपाय नभई, क्वै रून लागे अनी ॥
त्यस् रात् आरमले सुती दिनु भयो, आनन्दमा सब् परे ।
चार् प्रहर् पछि फेर् बेहोस् हुनुभयो, फेर् ऊप चारै गरे ॥३२॥
भोलीपल्ट बिहान होस् खुलिगयो, कार्वाहि भिन्दै रह्यो ।
खानू पोनु थिएन प्रश्न गरदा, त्यस्को नउत्तर् थियो ॥
स्वछन्दै गरि गाउथे गितहरू, संस्कृत् कवीता पनी ।
पढ्दामा सब जन् चकीत परदथे, काँबाट आयो भनी ॥३३॥
उन्का पाठ माहा थिएन यि कुरा ठुला ति काव्यै हरू ।
शास्त्री देखि विहाय सक्तथे कउन्, साधारण जन्ता अह ॥
क्वै बेला तिनको त्यो शक्ति बढथ्यो, दशौं जना व्यक्तिको ।
ज्ञान् दोनू पनि हुन्थ्यो सब जनमाहाँ, आध्यात्मिक शक्तिको ॥३४॥
कैले रुन्थे हाँस्थेथे फेरी तिरोकी ।
शास्त्रोक्त का गर्थे ज्ञान् ती प्रमोधी ॥
दिन्थे भाषण शान्त मुद्रा गरेर ।
वेदान्त दर्शन् हरु सबू भरेर ॥३५॥
ईश्वकर्को महिमा बताउँथे प्रती, फेर् तीर्थ स्थल को पनी ।
वर्णन् यो गरथे अगम्य स्थलको, वन्थे विरक्ती अनी ॥
गर्थे जन्हरू तर्कयो अबुझभै, छोएछ भूत प्रेतले ।
सायद् भेद् परिगो यो बालक कन, ज्ञान दीएको क्षेदले ॥३६॥
धेर् झाँक्रीहरू आइ काटि कुखुरा, भुत्को उपचार्गरे ।
हार् थाक् भैकन झाँकि त्यस बखतमा, स्वयं विपत्मा परे ॥
लगे फरि ति सत्यलाई जनले, कादीरिको छेउमा ।
जण्डै झाँकि थियो खुबुनाउँ चलेको, मशान् खेलाऊनमा ॥३७॥
देख्तैमा डरलागदो शरिरको, लाल्लाल आँखा थिए ।
मामूली भुतता डराइ त्यसको, नामैले भाग्थे अरे ॥
यो हल्ला जनमा थियो अधम थ्यो, कार्य थियो ऊसको ।
रोगीमा दुःख धेर् दिए भुतहरू, भाग्छन् भनी भन्दथ्यो ॥३८॥
ब्राख्रीलाई काटेर त्यस् रगतले, गोला बनाई वरी ।
थाल्यो गर्न विधान त्यस् अधमले, माझमा त राख्यो हरी ॥
छुराले काटियो त्यो तालु बिचमा, गैरो गरी ठाऊँ तिन् ।
निश्कीगो रगतै लगायो नुनचुक्, चूना र फेरी लसुन् ॥३९॥
आत्तीए सबजन् ति सत्य प्रभुजी, नबोलि बस्नु भयो ।
प्रेतले ढाकिएको हँदा सहनगो, लौ हेर भन्दो भयो ॥
एक्सौ आठगागरा चिसो पानि अनी, खन्याउँथ्यो दिन्दिनँ ।
लट्ठी एक लिएर जोनिहरूमा, हिर्काउँथ्यो छिन् छिनै ॥४०॥
अटेरी भुतपो रहेछ यसलाई, द्वादश् बुटि भएको ।
पोल्ने औषधि नेत्रमा भरि दिए, देख्ने छौ भुत् गएको ॥
हाल्यो नेत्र माहाँ विषाक्त चिजत्यो, फुलेर आयो मुख ।
ब्राँखा भीत्र पसेर वेरूप भयो, पन्यो ति सबमा दुःख ॥४१॥
लागीन् रून ति सत्यकी जननिजो, छोरो गयो लौ भनी ।
सत्यैले तब भन्नु भो त्यो बनको, ल्याएर बूटी अनी ॥
हालीदेउ यो नेत्रमा यस घडी, चिन्ता नलीनू अब ।
सत्यको वचना नुसार गरदा, सटिक भईगो तब ॥४२॥
यो देखी अनि झाँकि त्यो रिसिगयो, मेरो अनास्था भयो ।
भाग्नै लाइ तयार थ्यो भुत अहा, फेरी अडीग भै रह्यो ।
त्यस्को यो वचन सुनेर जननी, व्याकुल भइन् शोकले ।
फुत्काऊँ, कसरी मपूत्र भनि हा, मार्ला फेरी झोकले ॥४३॥
उस्को माग अनुसार द्रव्यहरू दी, ल्याउला पछी फेर् पनी ।
भन्दै पूत्र लिएर झट् चलिगइन्, त्यो दृष्टबाटै अनी ॥
छाडेनन् उपचार गर्न अझ ती, वैद्याङ्ग आदिहरू ।
२ मैना बितिगो यसैतरहले, जान्दैनथे क्वै अरू ॥४४॥
एक्दिन्ता प्रभुले बटूलि सबजन्, गरे चमत्कार यो ।
हात् धूमाइ कन मीश्रि फल्खरहरू, सिर्जोत गर्नु भयो ।
दीनूभो सबलाइ खान प्रभुले, खाए ति खुशी बनी ॥
गर्थे आपुसमा कुरा जनहरू, यि ईश्वरै हुन् भनी ॥४५॥
यो खतनका पिताजि भएमा, लाँदा भए त्यस् बखत् ।
भूत्को साधन पो गरेछ सुतले, कुल्मा हुने भो असत् ॥
रिस्ले चूर भएर लठ्ठि एकली, पुग्दा भएथे जब ।
मार्छ लौ अब हेर् तँलाइ महिले, को होस् बता लौ अब ॥४६॥
भुत होस् की अथवा पिशाच यदि होस्, मशान होस् की देव ।
यस्तो शब्द ति बाबुको सुनिताहाँ, भन्छन् ति सत्यै अब ॥
पूर्व जन्ममाहाँ गयौँ तप ठुलो, पाऊँ म ईश्वर् भनी ।
सोवपूर्ण गराउना कन सता, आाएँ म ऐले अनी ॥४७॥
आपस्तम्ब त्यो सूत्रमा लेखिएको, हूँ साइ बाबा मता ।
हाल्यौ पुष्प यो पुञ्जली बिचमाहाँ, होला तुरुन्तै पता ॥
भए फुलले त्यो अञ्जलि अनी, फ्याक्नू भयो भूमिमा ।
साई बाबा भई रह्यो उस बखत्, तेलंगु अक्षरमा ॥४८॥
ठीक हो ईश्वर छौ भने यदि तिमी, के गर्नु हो हामिले ।
सोद्धा उत्तर यो दिए जनकलाई, श्री सत्यसाई जिले ॥
आफ्नो स्थान र हृदयै अति सफा राख्नू निरन्तर् अब ।
प्रत्येक् श्री गुरुवारका दिनमाहाँ, गर्नूछ पूजा तब ॥४९॥
महूँ भन्ने घमण्ड सब् छाडि दिनू, सब् प्राणि एक् हुँन् भनी ।
सहन् शील बनेर हिड्नु जनमा, रिस् राग छाड्नु अनी ॥
प्यार् गर्नू जिवमा र न्याय गरनू, छोड्नू कपट् जालहरू ।
योग् मन् दोकन ध्यान गर्न निशिदिन्, कल्याण होला अरू ॥५०॥
गर्दीनू जब भो ति सत्यप्रभुले, मोहादि नीराकरण ।
लागे गर्न सबै मिलेर प्रभुको, जप् अर्चनादी वरण् ॥
प्रत्येक् श्री गुरुवारका दिनमाहाँ, ध्यानादि जो अर्चन ।
गर्छन् भक्त मिलेर सत्य प्रभुको, जयादि र कीर्तन ॥५१॥
नाना कोसिमको तिकार्य अदभूत, सुनी ति सत्यै जिको ।
फोटोग्राफर एक् आएछ लिनलाई, प्रभूको तस्बीर त्यो ॥
ढुङ्गाको क्षेलयो लिएर भगवान्, बसी दिनूभो जब ।
गर्दो भो क्षेल त्यो हटाउने प्रयाश, सक्तो भएन तब ॥५२॥
कायम् त्यो क्षेललाई राखि त्यसले, केवल् त्यो महारको ।
खीचीली तसबिर् गयो त्यस घडी, वालक् ति अवतारको ॥
सीराडी साइको भयो त्यो तसबिर्, आखीर धंदा माहाँ ।
ढुंगाको क्षेल त्यो हराउन जांदा, आश्चर्य भैगो ताहाँ ॥५३॥
वालक् सत्य जिको लिंदा तसबिर, ति वृद्ध बाबा जिको ।
आउँदामा हुनगो प्रतीत जनमा, तिदेव अवतार हो ॥
यो हल्ला जबभो यो पृथ्वितलमा, शंकर् जि यसै घरी ।
मानवको रूपमा अवतालिनु भयो, भन्ने प्रचार् भो हरी ! ॥५४॥
यौटै ईश्वरमा नचीनि जनले, विभीन्न मत् धर्मको ।
लीएर हिंडने यो वीश्वभरमा, देखावटी कर्मको ॥
यस्ले मानव बिच् भयो विदुषिता, आपसमा द्वन्द भो ।
एक्ले दोश्रोकन दबाउने हुँदा, ज्ञान्भक्ति सब् बन्द भो ॥५५॥
यौटै ईश्वर हुन् सब् धर्महरूको, भन्ने यो दर्शाउन ।
मानवको रूपमा भयो अवतरित्, जुन् सार बर्षाउन ॥
ज्ञान् भक्ति भएका यो वीश्व भरका, सब धर्मका सज्जन ।
वावाकै संगमा गएर निशिदिन्, गर्छन् ति ज्ञान् अञ्जन ॥५६॥
आाउछन् दूर्दू रबाट जन्हरू अती, दर्शनको खातिर ।
पाई ज्ञान ति प्रभुबाट सहजै, बन्छन् अती सूधिर ॥
गर्दीनू पनि हुन्छ दुःख दुविधा, सारा ति नीराकरण ।
वैज्ञानीकहरू पनी प्रभुकाहाँ, जान्छन् तिपर्न शरण् ॥५७॥
आफ्नो गाउँमाहाँ ति सत्यप्रभुलाई, लैजानका खातिर ।
गाडी भीत्र बसाइ क्वैजनहरू, लैजाँदथे त्यस्तिर ॥
अल्पीई दिनुभो त्यो मार्ग बिचमा, वावा नदेख्ता ताहाँ ।
खुल्दुली परिगो ति सत्यप्रभुजी, जानू भयो रे काहाँ ? ॥५८॥
त्यै बीचमा लङ्गडी भएकि महिला, आएर भन्छिन् ताहाँ ।
बीरामी पति छन् त्यो धर्माबरको, त्यो स्वास्थ्य केन्द्र माहाँ ॥
राखीदीनु हवोस् सबारि त्यसमा, गरेर मेरो जनी ।
खाली त्यो सिटमा बसाइ कनदे, तिदेवीलाई अनी ॥५९॥
क्यैबेर्मा सिटमा थिईन महिला, देखे प्रभू फेर् ताहाँ ।
अचम्मै भइ सोद्धछन् उस बखत्, प्रभू लुकेको काहाँ ॥
परीक्षा महिले गरे यस बखत्, दुःखी निमूखा माहाँ ।
दया छ छइन भनेर यो रुप, फेर्दो भए हूँ याहाँ ॥६०॥
स्वार्थमा परि न्याय हीन बनने, अनाथलाई दुःख दिने ।
प्राणीमा प्रियता हुदैनभएको, आचाविहीन भै दिने ॥
अर्काको दुःखदेखि खूशिरहने, दुर्वाच्य बोल्ने अनी ।
यस्ता देखि म खूशिछैन बुझिल्यौ, जस्तै गरेता पनी ॥६१॥
जिज्ञासा वावाको, बुझिलिन तिकेही, मनुजले ।
लि आए एक योगी, बोकीकन ताहाँ, खुब् जतनले ॥
बिना वस्त्रै बस्ने, बोलिचालिहरू, सब् छोडिएको ।
लेखेर बात् गर्ने, लोकजन माहाँ, ख्याति भएको ॥६२॥
वावाको साम्नेमा, राखि दिए सबै, लोक जनले ।
वावाको जाँच लीयोस्, भनिकन बसे, हर्षमनले ॥
वावाले हात्लाई, फनफन घुमाई, तउलिया ।
गरी सृष्टी पैला, योगिकन लगाउ, भनिदिया ॥६३॥
भो आज्ञा वावाको, किन र यसरी, नाङ्गो भएर ।
हीडेको लोकमा यो, विपरित भई, शर्म हरेर ॥
नबोलेको कोन ? मनुजहरूको, बीच बसेर ।
ठिकुछैन यो गर्नू, भौतिक जनको, बीच फसेर ॥६४॥
यसै गर्ने इच्छा, यदि तिमि भए, जाउ बनमा ।
तपस्यामा लाग, हरि भजि तर, शुद्ध मनमा ॥
समाजमा हिड्ने हो, यदि तिमि भने, यो बिरुध भो ।
समाज् जस्तै बन्नू, नतरत हुने छौ, अबुझ पो ॥६५॥
वचन्ले दर्शाउँछ, उपदेश गरी, मार्ग जनको ।
नबोलेर तिम्ले, उपयोग गयौ के, मनुजको ॥
यो आज्ञा वावाको, सुनिकन ति योगी, तब यसो ।
नमोल्ने जंगलमा, खानपिन कुनै फेर, गरुँ कसो ? ॥६६॥
भयो आज्ञा फेरी, तनमन सबै दी, हरिकन ।
बसेमा मिल्नेछ, तिमिकन सबै ती, खानपिन ॥
योगाभ्यासीहेरू, भोजन बिन मर्दैन, कहिले ।
तिपाल्ने जिम्मा जो, लिईकन बसेको छ, महिले ॥६७॥
तसर्थ लाउ लगा, जनविचमाहाँ, पालिने भए ।
किजाऊ जंगलमा, प्रभुशरणमा, लालिने भए ॥
वावाको वाणिलाई, अतिशय ताहाँ, स्वागत गरी ।
विदा हुन्छन् योगी, अबत बुझे भन्दै, हरि हरो ! ॥६८॥
आश्रम् गर्नु भयो तिसत्यप्रभुले, पुट्ट पर्तिकै छेउमा ।
प्रशान्ती निलयम् रह्यो प्रभुजिको, मन्दीरको नाउँमा ॥
वेदाश्रम् पनि फेर् बन्यो त्यही नजिक्, पढ्छन् ति वालकहरू ।
वेदान्तहरूको विकास हुन गयो, आध्यात्मिक ज्ञान्हरू ॥६९॥
कृष्णैको अवतार हुदा पृथिविमा, जान्थे त्याँ त्यस्ता नर ।
संसार्मा कसरी गरूँ उन्नति धेर्, भन्ने लिई खातिर ॥
संसारिक बासना छुटाउनमाहाँ, आध्यात्मिकं ज्ञान यो ।
प्राप्ती हुन्छ कसोरि यस्लोकमाहाँ, भन्ने ति भक्तै अहो ॥७०॥
ज्ञान् पूर्ण भएका परामथिहरू, जान्थे प्रभू हुन् भनी ।
की जान्थे दुःखले त घेरिरहेका, साधारण जन्ता अनी ॥
घाउनेलाइ विमुख नपारि तिनको कर्मानुसार गरी ।
एक् एक् चिज् सबलाई दीकन ताहाँ सन्तोष गराउँथे हरी ॥७१॥
श्री सत्यै प्रभुको महल बिचमाहाँ, त्यस्तै छ हेर्नोस् गई ।
जान्छन् जन्हरू खुब् प्रभूमहलमा, आाउँछन् ति पूर्ण भई ॥
रोगदेखी कति मुक्त छन् जनहरू, ज्ञान् पाइ पूर्ण कती ।
जस्को दर्शनले ति नास्तिकपनी, ज्ञानी हुँदा छन् अती ॥७२॥
भक्तै खातिरमा श्रीसत्यप्रभुले, स्वहात् घुमाई कन ।
सिर्जना गरिदीनु हुन्छ सबचिज्, लिन्छन् ति भक्त जन ॥
लाटालाइ त वाक शक्ति दिनुभो, गरीबलाई धन ।
रोगीको रोग सब्हटाइ दिएको, प्रत्यक्ष देख्छन् जन ॥७३॥
सब्लाई किन यो भएन प्रभुजी, क्वै मात्रलाई किन ? ।
यस्तो उत्तर हुन्छ प्रश्न गरदा, अब्तारको हो देन ॥
आफ्नो जो छ बचत् त्यो बैंक बिचमा, त्यसभन्दा बढ्ता गरी ।
झिक्नैलाइ सकिन्न हे सुजनहो ! राखेको भन्दा बढी ॥७४॥
त्यस्तै पूर्व जनम् माहाँ जति थियो, राखेको जन्ले वाहाँ ।
मिल्ने छैन कदापि त्यस् देखि बढी, खोजेर ऐले याहाँ ॥
अर्थात् बैंक माहाँ त छैन यदि धन्, जमानिको त्यो भए ।
सक्ला झोक्न जमानि राखि त्यसले, नीयम यस्तै छ हे ॥७५॥
भक्तैको हीतमा जमानि बसन, अब्तार मेरो भयो ।
नीयम् पालनयो गरी अबउता, अप्राध् नगर्ने छ यो ॥
वोश्वास ईश्वरमा भयो यदि भने, अवतार जमानी रही ।
पूर्व जन्ममाहाँ नराखेको पनी पाउनेछ भक्तै भई ॥७६॥
त्यस्तै श्रीभगवान् श्रीसत्यप्रभुजी, भक्तं उपर् प्रेम् गरी ।
रोग शोकबाट हटाइ बक्सनुभयो, ग्राफै जमानी परी ॥
महान्वाणि छ यो श्रीसत्यप्रभुको, सत्यं शिवं सुन्दरम् ।
जस्को सार्थ म लेख्तछू तल यहाँ, जानेर लोनोस् धरम् ॥७७॥
मेरो जाँच गरने प्रयास नगर, असफल हुनेछौ सब ।
आत्म दर्शनमा रह्यौ यदि भने, सफल् हुनेछौ तब ॥
संलग्न छइन त्यो ध्यान तप र, फेर् अध्ययन्मा मता ।
योगो सीद्ध र साधकै पनि त्योता, हैन म हेर्नोस् यता ॥७८॥
सब् साधकहरूलाइ प्रेम् गरिकन, सुमार्ग दर्शाउन ।
आएँ रूप लिएर यस्तलमाहाँ, गत्ज्ञान फर्काउन ॥
आसिद्धीहरूदेखि लालित भए, भ्रम् हुन्छ अज्ञानले ।
कर्तव्यै बुझनू हो ज्ञान भनिजो, बिचार्गरी ध्यानले ॥७९॥
संसार्मा जति प्राणिछन् तिनिहरू, मेरै भनी जाननू ।
मेरो नाम जपुन् तथापि नजपुन्, मेरै भनी माननू ॥
आकर्षण गरि लीन्न कोहि जनमा, आनन्द बर्षाउछू ।
ईश्वरको महिमा छ यो भनिकन, सुज्ञान दर्शाउछू ॥८०॥
प्रेम् सत्यं विच मानवैहरू माहाँ, आध्यात्मिक ज्ञान त्यो ।
पुनरावृत्ति गर्नलाई महिले, अब्तार् लिएँ जान यो ॥
धर्मे मार्ग र ब्रह्म मार्ग यि दुई, आएँ म देखाउन ।
एक्पाद तिमि बढ्दछौ यदि भने, ३ पाद् बढाउने छु म ॥८१॥
क्वं भारी दु : खको उठाई मनजिक, धाए भने सत्यको ।
हर्ष भैकन पूर्ण गर्छु सबत्यो, हुनेछ त्यो तथ्यको ॥
मेरो दर्शनले हुनेछ जनमा, साहस् र आनन्द यो ।
दुर्बल्ता भय सब् हटेर ति हुनन्, समागि स्वछन्दको ॥८२॥
तसर्थ जनले म नीच छु भनी, अशीक्षित छु भनी ।
हीन् भाव नगरी बढ तिमि अघी, सन्मार्ग गामी बनी ॥
तिम्रो त्यो अपराध क्षमा गरिदिने, अब्तार मेरो छ यो ।
पश्चात्ताप गर अधी गरिएका, संझ त्यो अपराध जो ॥८३॥
आयन्दा अब गर्ने छैन अपराध्, भनी प्रतीज्ञा गर ।
सच्चा धर्म गरी बिताउ निशिदिन्, ईश्वक पीछा पर ॥
सूर्यको किरण शिशा बिचमाहाँ, लाएमा एकत्रित भई ।
उत्पत्ती हुन जान्छ अग्नि देवको, त्यस्तै छ ईश्वर यी ॥८४॥
एक् मन् चीत्त लगाई ईश्वरकन, ग्रहण गरेका घरी ।
प्रकाशित हुन जान्छ बूद्धि र बिबेक, अज्ञान जाला हरी ॥
आधार कर्मको यो त्यो ज्ञान बनिद्योस्, सब्प्राणि एक् हुन् भनी ।
मीलोस् भक्ति ताहाँ विनका करुणा, प्रेम्भो अहिंसा अनी ॥८५॥
भक्तीले रहितै त्यो ज्ञान भएमा, बन्ला बेलुनकै सरी ।
जता लाग्छ हवा उतैढलकिने, काम् छैन त्यस्को हरी ! ॥
शुष्कै पार्दछ ज्ञानले हृदयलाई, भक्ती भएमा अरू ।
सहानूभूतिले नरम् गरिदेला, तब् गर्ला कार्यहरू ॥८६॥
तत्वं ज्ञान् जति हो ति अर्जुन जिमा, श्रीकृष्णजीले अघी ।
दीएथे उपदेश गिता लेखिन गो, ज्ञान्मा छ त्येने अगी ॥
पढ्दैमा मिलदैन ईश्वर अहो, कर्मे गरेका घरी ।
तिम्रै हृदयमा ति सारथि बनी, आउने छन् ईश्वर् हरी ॥८७॥
ईश्वर चुम्बक हुन् फलाम् जनहरू, तान्छन् अवश्यै पनी ।
खीया लागिएको छ यो यदि भने, तान्ला कसोरी ? अनी ॥
खीयाहो जिवको त्यो भौतिक कडा, तृष्णा र काम् बासना ।
दीनू हुन्न कदापि जम्न यसलाई, तिन्को गरी सामना ॥८८॥
धन् मान्लाइ तिमी प्रनीत्य बुझिद्यौ, छाड्यौ घमण्डै अरू ।
ईश्वर् छन् यसका विरुद्ध बुझिल्यौं, छाड अहंकार हरू ॥
धन्लाई अपराध भनेको छइन, केवल तिहुन् साधन ।
शुभै मार्ग माहाँ लगाइ त्यसलाई, आफूं बन साधक ॥८९॥
लोभीलाइ कदापि शान्ति छइन, फेरी अहंकारिलाई ।
नलाग्ला उपदेश दया विहीनलाई, पापी अहंकरलाई ॥
आत्मै ज्ञान् खोजने जुन् भक्त जनले, आत्मलाइ राख्नू बफा ।
प्रसत्यै लोभभो घृणा छोडिकन, मन्लाई पार्नू सफा ॥९०॥
मेरो भण्डारमा सबै यि चिज छन्, धन् मान ज्ञानादित्यो ।
लिनेलाइ सामर्थ्य बन्नू परछ, पाउदैन है नत्र यो ॥
यस्तै रीत्सित फेरि ति प्रभुजिले, आज्ञा भएको छ यो ।
क्वै मेरो नामली अत्युक्ति गरलान्, विश्वास नगर्नू त यो ॥९१॥
जादू नाटक भो चटक् झिकिकन, जो ग्राफ्नो स्वार्थं माहाँ ।
धनोपार्जनका निमित्त जनमा, मेरो यो नामै ताहाँ ॥
लेलान् जोजनले प्रतीत् नगनू, त्यो मेरो भक्तै भनी ।
बीना कारण दोनु छैन पनि धन्, चन्दा भनेता पनी ॥९२॥
कुनै त्यो मतलभ् नलीई जनमा, गर्लान् उपदेश जो ।
मार्गदर्शन यो गराउला जउन्, भक्तै मेरो त्येहिहो ॥
नराम्रो उपयोग नहोस् धनहरू, सन्मार्ग गामी बनोस् ।
आज्ञा हुन्छ तिसत्यसाइप्रभुजी, जस्बाट कल्याण हवोस् ॥९३ ॥
पूर्वजूनि माहाँ गरेको दानले, यो जूनिमा भो धन ।
योजानीकन ऊपयोग गरिदिनू, छाडी घमण्डी मन ॥
मेरो बाहु बलै र बुद्धि बलले, आर्जेको धन्मान् भनी ।
अनीत्य देहको बढायें गरेमा, पर्ला पछी ताप अनी ॥९४ ॥
तस्मात् यो बुझि गर्नु पर्छ जनले, ईश्वर् कृपा हुन् सब ।
कृपालाई कदापि हट्न नदिन, गर्नू सुकर्मों तब ॥
देश्जनका हितमा बिताउ निशिदिन्, शास्त्रानुसार काम्गरी ।
क्षमाशील बनी त्यो शान्ति रूपले, जप्नू सदा नाम् हरी ॥९५॥
क्षमादान् गरने त्यो अस्त्र जसले, लिएका छन् हातमा ।
त्यस्तालाइ विपत्ति छैन परने, ईश्वर हुनन् साथमा ॥
केगर्ला त्यसलाई दुर्जन पनी, अपनी मरू भूमिको ।
नाशीन्छ जसरी त्यो दुर्जन पनी, होला सोही जूनिको ॥९६॥
Comments
Post a Comment