पूर्व कथा

सत्यै यूग माहाँ महर्षि भरद्वाज्, यज्ञैको तर्खगरी ।

सिद्धीखातिर पाल्नु भो शिवपुरी, श्री शीव मन्मा धरी ॥

दर्शन् श्री शिवको र पार्वतिजिको, कैलाश पर्वत् माहाँ ।

गर्नूभो विनती नहेर मुनिले, देवाधि देवै माहाँ ॥१॥ 


भक्तै वत्सल शीवको हुकुम भो, इच्छा छ तिम्रो कुन ? |

दिनेछू तिमीलाई निश्चय वर, मागे बमोजिम् सुन ! ॥

वाणी ईश्वरको सुनेर मुनिले, बोल्छन् अगाडी गई ।

मेरो यज्ञ सफल गराइ दिनु होस्, प्रवेश हजु भई ॥२॥ 


भक्तको मनसा बुझेर भगवान्, शिर्माथि बाहू धरी ।

आज्ञा हुन्छ ति भक्तको उपरमा, अत्यन्त प्रेमले गरी ॥

तिम्रो यज्ञ सफल हुनेछ ऋषिजी, प्राउँनेछु यज्ञ गर ।

मेरो जन्म हुनेछ भार बढदा, कलीको आखितिर ॥३॥ 


तिम्रो गोत्रमाहाँ लिनेछु मजनम्, ३ बार मै सित ।

यस्तो आज्ञा भएछ सत्युगमाहाँ, श्री भार द्वाजै सित ॥

योवपूर्ण गराउना कन शिव, सिराडि साई भनी ।

लिनु भो अवतार दोस्रो पनि फेर्, श्री सत्यसाई अनी ॥४॥

Comments

Popular posts from this blog

श्री सत्य साई बाबाको रूपमा द्वितीय अवतार

वन्दना

यो कविता पाठ गर्ने तरिका