अवतार महिमा

साधारण गुरु हेरु भन्दा माथिका, उत्तम् गुरू जन् हरू ।

ईश्वर् कै अवतार यो बुझिलिनू, शंका नगर्नू अरू ॥

होवार्ड मर्केट नामयो गरिएका, तिसाइका भक्तले ।

ईश्वरकै अवतार् यि हुन् भनिकन, वर्णन गरे स्तब्धले ॥१॥


खोस्तानी मतले पनी भनदछन्, तियेशुलाई अनी ।

मानव रूप माहाँ आएका यिनि हुन्, साक्षात ईश्वर भनी ॥

वीश्वको पालना विकास गरन, मानव रूपमा हरी ।

अवतार् हुन्छ भनेर लेखि दिएको, पाईन्छ शास्त्रे भरी ॥२॥


गरेको छ त्यो भागवत् बिचमाहाँ, वर्णन् यि अब्तारको ।

हज्जारौं शिरहात पाउ भएको, ध्रुवतारका बीज हो ॥

एकनाश भैरहने ति सागर देखी, जन्मेका झैं तो नदी ।

असंख्या अवतार छन् प्रभुजिको, हुन् मूख्य राम कृष्णजी ॥३॥


वावाले पनि शून्यबाट सबचिज्, इच्छा भएका जती ।

सोर्जना गरिदिनु हुन्छ सहसा, भैभक्तमा प्रेम अती ॥

ज्यादूले पनि सृष्टि गर्दछ क्षणिक, टोक्तंन आखिर्त्यती ।

अव्तरले गरेको रहन्छ सबदिन्, झन् बृद्धि हुन्छ ती ॥४॥


अप्राप्य चिजलाई प्राप्य गरने, अवतारको गुण छरे ।

कृपा दृष्टि पन्यो भने प्रभुजिको, बद्लीन्छ भाग्यै हरे ! ॥

सूतेका हरू माथि आक्रमण गरी, मार्ने ति द्रौणी माहाँ ।

धर्मे संगतभो दिएको श्रापत्यो, श्रीकृष्णजीले ताहाँ ॥५॥


अवस्था ससा, संकट मय बन्ला, जब ताहाँ ।

अशुभ प्रसूरीले शुभहरूत मिच्लान्, तब वाहाँ ॥

ढाकी जाला जन्मा, अशुभ विषयो, व्यापक भई ।

त्यो निर्मूल पार्न लाई, अवतरित हुन्छन्, प्रभु तहीं ॥६॥


होला जब् जब् ग्लानिर्, धरम बिचरो, एकलो भई ।

अधर्मेंले ढावला, अनि म आउँछू, मानव भई ॥

अधर्मलाइ नाश्न, धरम कन त्यो, स्थापन माहाँ ।

साधूको रक्षामा, युग युगमाहाँ, आउँछु याँहाँ ॥७॥


भगवान् कृष्णैले, अर्जुन कनयो, भन्नु भएको ।

भागवत् गीताको, वचन सबती ठीक्क रहेको ॥

बाँचेकाछौं हामी, संकटमय युग्मा यस घरी ।

आएका होलान्की, अबगरन दूत्य, तिनिहरी ॥८॥


अबतार् यो किन हुन्छ लोकजनमा, भन्ने विशेषमा लिई ।

प्राज्ञा गर्नुभयो तिसत्य प्रभुले, भक्त उपर् प्रेम् दिई ॥

संसार ईश्वरको शरीर बुझनू, क्यान्सर्भए त्यसमा ।

ध्रुवतार हुन्छ पुयाउना कनताहाँ, त्योरोग नीशेषमा ॥९॥


औषधीमुलो हुन्छ आदि शुरूमा, त्यस्ले नभेटे माहाँ ।

अप्रेशन गरि चीरफारगरने, पर्नेछ दर्कार् वाहाँ ॥

त्यस्तै रोग अघि भो यो पृथ्वीतलमा, उपचारको खातिर ।

अव​तार् भो भगवान् श्रीकृष्णप्रभुको, द्वापर्को आखितिर ॥१०॥


ज्ञान्दीनू पनि भो नराधममाहाँ, शान्त्य भिलाषी बनी । 

नलाग्दा उपदेश योजनमाहाँ, चिर्फार्गरेथे अनी ॥ 

अज्ञान् र लोभले लगाम् खिचिएको, योयुगका मानव ।

खाल्टो आणबिकै खनी चढिगए, नाश्कारि भै दानव ॥११॥


के हुँने अब हो ति शक्तिहरुले, बाटो देखाउलन् त्यो ।

सोद्धा उत्तर मोल्दछ प्रभुजिको, अकॅतरीका छ यो ॥

धमीरा भएको त्यो रूख अघिता, काट्ने थियो यो चलन् ।

कोशीष छ अहिले बचाउने याँहाँ, रोग्लाइ पारी जलन् ॥१२॥


अवतार​ र्यो किन हुन्छ मानव भई, ईश्वर् प्रभूको याँहाँ ।

व्याप्तैभैकन गर्नु हुन्न किनयो, सद्कार्य आदी वाहाँ ॥

यस्तो प्रश्न ति भक्तको हुन गयो, वावाको सामने माहाँ ।

उत्तर् यो दिनु हुन्छ सत्यप्रभुजी, कारण् बताई ताहाँ ॥१३॥


डूबेको जनलाइ झीक्नु परदा, त्यै पानि मानै गई ।

झीवनू पर्दछ फेर् बुझाउन पनी, पर्नेछ मानबू भई ॥

भूमाजन्म लिए पछी सुख दुःख सबले बेहोर्नू छ यो ।

यस्को कारण हो संसारिक बनी, भन् सातिरेको भयो ॥१४॥


ईश्वर सम्म ति मानवे कन ताहाँ, पुन्याउनाका लिए ।

मार्गे मर्मतका निमीत्त मइले, अवतार् लिएको छहे ॥

इमान्दारि बन वैज्ञानिक बन, निपुण श्रमीक बन ।

मैले संकत यो गरेको पथमा, आओ तिमी सब्जन ॥१५॥


वेदशास्तैहरु यो जगाइ सबलाई, आएँ हूँ देखाउन ।

वीश्वास धर्म र ईश्वरै यि दुइको, जुन् वीज गोडा उन ॥

साधू सन्त र साधकै हरुको यो, पुकार भएथ्यो जब ।

अवतार् यो हुनलाई बाध्य भएर, आँउँदो भए हूँ तब ॥१६॥

Comments

Popular posts from this blog

श्री सत्य साई बाबाको रूपमा द्वितीय अवतार

वन्दना

यो कविता पाठ गर्ने तरिका