यो कविता पाठ गर्ने तरिका
छन्दबद्ध पद्य कवितामा शब्दकोषको ह्रस्व दीर्घ राखिदैन । कविताको छन्द लय तथा शैलीको आधारमा ह्रस्व दीर्घ राखिन्छ । पाठकहरूले यस्तो कविता पाठ गर्दा गद्यमा झं स्वरलाई हल बनाएर गरिन हुँदैन । स्वरलाई हल नबनाइकन दीर्घ र हल्लाई लामू ढीलो गरेर पाठ गर्नू भएमा जसको लय तुरुन्त पत्ता लाग्नेछ । उपरोक्त लय पत्ता लगाएर पाठ गर्ने बानी बसेका मानिसहरूमा गद्यमा भन्दा पद्यमा ज्यादा रस बसेर प्राउँदछ । यस्तो पद्य कवितामा रस बसेका मानिसहरू हाम्रो पहाडि भेगमा प्रायश पाइन्छन् । केवल साक्षरी मात्र भएका सर्सर्ती वाचक नचलेका मानिसहरूलाई गद्य पाठ गर्न मुस्किल पर्दछ । तापनि उनिहरूमा लोक लय पद्यमा रस बसिसकेको छ भने ह्रस्व दीर्घको ज्ञान छैन तापनि केवल लयको आधारमा सजिलैसंग विभिन्न स्वर भाखामा पद्य कविता पाठ गर्नेगर्दछन् । त्यसैले ति सर्वसाधारणले पनि पढन सकुन भन्ने उद्देश्यले यो किसिमको श्लोकमा लेखेको हूँ ।
Comments
Post a Comment