भगवन्महिमा
श्री अ उ म् श्रीसत्यसाई वावाय नमः ॥
ब्रह्मा विष्णु महेश्वरै गणेशभो चौवीस अवतार् अनी ।
सब्एक् हुन् इनमा फरक् छइरहै, यो साइ अवतार् पनी ॥
कामका लागि माहाँ विभिन्न रूपयो, लिनू भएको भयो ।
जस्को भक्त बनेपनी जनमाहाँ, कल्याण कारी छयो ॥१॥
व्यापक छन् जनमा ति ईश्वर अहो, पर्दैन खोज्नू कहीं ।
भाव भक्ती भएमा अगाडि जनको, मिल्ने छ ईश्वर् यहीं ॥
वस्त्रैका बिचमा त्यो धागो खोजनू, होला काहाँ त्यो भनी ।
त्यस्त्यै ईश्वर वीश्वमा बुझि लिनु, सब् ठाउँमा छन् अनी ॥२॥
वस्त्रे तूल्य योवीश्वलाइ बुझनू, धागो समान् ईश्वर ।
ईश्वकै देहहो चरा चर जगत्, जानीलिनू नश्वर ॥
मार्ग दर्शन गर्न लाइ जनमा, भक्तै उपर् प्रेम् गरी ।
विभीन्न रूप नामयो लिईकन आएका हुँन् तीहरी ॥३॥
उद्धार् सब् जनको गराउन माहाँ, अवतार भएको हुँदा ।
तत्काल मिल्दछ वर् पुजन् गरिएमा, सेवादि गर्दाछदा ॥
निन्दाले पनि हानि छैन ततकाल, अवतारको गुण छ यो ।
शत्क्षमा दिनु भो श्रीकृष्णप्रभुले, त्यो शीशुपाल्लाइ यो ॥४॥
गोप गोपीहरु ती अक्रुर् बरूणभो, उद्धव् सुधामा अनी ।
पाँचपाण्डव जाम्बवान विदुर, गुरू तिसान्दी पिनी ॥
विद्याधर् द्विज पत्निमालि कुवजा, कुवेरका ती सुत ।
मोर्ध्वज् भो नृगराज आदिहरुले पाएथे जुन् अद्भुत ॥५॥
कयौंकाल तपत्यो गरेर मिलने, सेवा केही दीनमा ।
गर्दैमा दिनु भो श्री कृष्णप्रभुले, भक्त भनी छोनमा ॥
त्यस्तै श्री भगवान् श्रीसत्यप्रभुको, सेवा गरेका धरी ।
इच्छा सीद्धि हुनेछ निश्चय पनी, दुःखादि जाला हरी ॥६॥
प्रत्येक् श्री गुरुवारका दिन माहाँ, त्यो लक्ष्मि वार् हो भनी ।
आत्मै शूद्ध गरेर बस्नु उपवास, ध्यानादि गर्नू अनी ॥
गाउनू यो महिमा भजन् गरिलिनू, मूर्ती गरी पूजन ।
इच्छासीद्धि अवश्य हुन्छ जनको, जानी लिनोस् सूजन ॥७॥
निर्देशन प्रभुको लिएर जनले, पूजा गरेका घरी ।
निश्केला तसबीर देखि विभुती, किझर्ला अमृत् भरी ॥
संकेत् यो बुझनु स्वकर्म देखि ती, प्रभूखुशी छन् भनी ।
सन्देश श्रीप्रभुको लिएर चलेमा, होला अवश्यै पनी ॥८॥
अवतारको महिमा छ भागवतमा, सबलाइ अंशै गनी ।
साक्षात् ईश्वर हुन् श्रीकृष्ण प्रभुता, भन्ने किटान् भो अनी ॥
वास्तवमा सबती बराबर थिए, यो भन्नुको कारण ।
पालोथ्यो उनको नवोदि त हुँदा, गर्ने जनोद्धारण ॥९॥
स्वर्ग कृष्ण गए पछी धरम त्यो, जादो भयो लौ काहाँ ? ।
प्रश्न शौनकको भयो उत्सबखन् श्री सूतका समाहाँ ॥
लीला कृष्णजिको हुँदा यसघडी, यै भागवत्मा रह्यो ।
उत्तर यो मिलिगो ति शौनककन, सन्देह सबगैगयो ॥१०॥
त्यस्तै श्रीभगवान् श्रीकृष्णप्रभुजी, श्रीसाइको भेषमा ।
पाल्नूभो अहिले सबै धरम जो, बस्तो भयो येसमा ॥
योग्मन् दीकन ध्यान गर्नुजनले, श्रीसत्यसाई जिको ।
पाप नाश भैकन ज्ञान प्राप्त गरला, भने बमोजीमको ॥११॥
व्याख्या यो महिले गरें प्रभुजिको, संक्षिप्त शीलोकमा ।
प्रत्युक्ती भएमा र ब्रूटि भएमा, प्रवीश आलोकमा ॥
विद्वान् सज्जनले क्षमा गरिदिनोस्, गल्ती भएका जती ।
प्रार्थना यहि गर्दछू प्रभुजिमा, ईश्वरप्रती होस् मती ॥१२॥
Comments
Post a Comment