लेखकको गुनासो
हामी हिन्दुहरूको पुराण शाश्त्रहरूमा २४ अवतारको वर्णन गरेको पाइन्छ । जसमध्ये श्रीराम र श्रीकृष्णको कार्य चरित्रको वर्णन ठूलो छ । यि दुवै अवतार राजनीतिभित्र मुछिएकोले विजयी जिन्दावाद पराजयी मूर्दावाद भने झैं यि दिजयी जति देव अवतारी र पराजयी जतिलाई दानव रूपमा परिणत गरेको त होइन ? वास्तवमा यि सबै मानिस त होलान् । जिउँदाको सम्झनामा मरेका को बिर्सनामा भने झैं ति सफल राजनीतिज्ञहरूलाई ईश्वरको रूप दिन लेखक कविहरूले तिनीहरूको कार्य अद्भूत र चमत्कारीपूर्ण देखाएका त होइन ? भन्ने शंका लाग्दथ्यो मलाई । त्यसैले म उक्त ईश्वरको अवतारप्रति विकल्पित थिएँ । म आफूले देखे र भ्याए सम्मका पाना पल्टाएर ईश्वरको खोजी गर्न थालें । खोजदा खोजदै झन वर्तमान भौतिकवादी विश्वको गतिविधि देखेर म फेरी य भ्रममा पर्दथिएँ । सौतानी षडयन्त्रबाट राज्यच्यूत भएका राम वाध्य भएर वनगमन गर्न परेको र सुग्रिव र विभीषणको सहायताबाट लंका हत्याई लंकासम्मको शक्ति देखाएर पुनः भरतलाई त्वं शरणमा ल्याएर आफ्नो राज्य हस्तान्तरण गरेको त होइन ? कृष्णः- कंसले विपक्षीको वंश निर्मूल पार्ने योजना गरेको र आफ्नो वंश निर्मूल पार्ने योजनाको विरोधमा कृष्णले जनशक्ति बटुलेर हरेक छलकपटद्वारा राज्यहरू उथल पुथल पारेको त होईनन् ? इत्यादि भ्रमपूर्ण धारणाले मेरो हृदयमा डेरा जमाई राखेको थियो । श्री सत्य साईबाबा सेवा समिति गुलाव भवन ६ बहादुर शाह जफर मार्ग नई दिल्ली द्वारा प्रकाशित "अवतार गाथा" नामक हिन्दी पुस्तक र अष्ट्रेलियाका श्री होवार्ड मर्केटद्वारा लिखित (अंग्रेजीको) SAI BABA THE MAN OF MIRACLES (साईबाबा द म्यान अफ मिराकल्स) नामक पुस्तकको श्री भगवान श्री सत्य साईबाबा सेवा समिति दार्जलिंगद्वारा नेपालीमा अनुवाद गरिएको "अलौकिक पुरूष साईबाबा" भन्ने पुस्तक पढने अहोभाग्य पाएँ । जसमा खिष्ठ र येशुलाई मात्र ईश्वर मान्ने हिन्दु धर्मका विपक्षी श्री होवार्ड मर्केटले लेखेका छन् । श्रीभगवान् श्रीसत्य साई बाबा उनै राम हुन्, उनै कृष्ण हुन्, उनै ख्रिष्ट हुन् उनै शिवजी हुन् । हिन्दु पुराणहरूमा लेखिएका रामलिला कृष्णलिला सब तथ्य पूर्ण रहेछन् यस्मा सन्देह छैन । राम कृष्ण र ख्रिष्टले गर्नुभएका अवतार लिलाहरू बाबाले पुन मलाई दोहो व्याएर देखाई दिनुभयो । बाबाले भक्तहरूलाई जुन चिज दिने इच्छा गर्नु हुन्छ, तत्काल वहाँ शून्यबाट सृष्टि गरेर दिनु हुन्छ । त्यसरी शून्यबाट सृष्टि गरेर दिनुभएको कतिपय चिजहरू मसंग यथावत छ । त्यो कुनै हालतमा पनि ज्याद होइन । ज्यादूले सृष्टी गरेका चिज पछि नाशिन्छ । बाबाले सृष्टि गरेर दिएका चिजहरू झन वृद्धि भएर गएको देखिएको छ । जुन भक्त जुन कामना लिएर बाबाको दर्शनमा जान्छ, उसले वहाँ गएर त्यो भनिरहनु पर्दैन । बाबा आफैं जान्नु हुन्छ । जस्तो भाषाको व्यक्ति जान्छ बाबा त्यसकै भाषाले वाद गरी दिनु हुन्छ । तसर्थ म श्री सत्य साई बाबालाई साक्षात ईश्वरको अवतार हुनुहुन्छ भनि विश्वास गर्दछु, इत्यादि ।
फेरी कुनै साईभक्तबाट मैले यो पनि ज्ञान पाएँ । गुरुबार का दिन पवित्र भएर श्री सत्य साईबाबाको फोटो पूजा गर्नू । नाङलोको बिटमा x यो किसिमबाट कैंची गोपेर नखस्ने गरी अडयाउनू । २ जनाले २ तिरबाट दाहिने हातको माझीला टुप्पाको माथि भागमा कैंचीको फेद नाङलो घुमन दिन हुने तरिकाबाट टक्रक्क राख्नू र साईबाबासंग प्रश्न गर्नु, स्वत नाङलो घुमनेछ । दायाँ शुभ संकेत बायाँ अशुभ संकेत हुनेछ । यो पनि मैले गरेर हेरें, त्यो निर्जीव नाङलो स्वत घुम्यो । पूजा गरी राखेको फोटो ( तसबीर ) बाट विभूति ( विकुत ) निश्केको देखियो । यि उपरोक्त शुभ घटना र अध्ययनबाट ममा परिरहेको भ्रम निवारण भयो । भगवानले मानव रूपमा अवतार लिनु हुँदो रहेछ भन्ने मलाई पूर्ण विश्वास लाग्यो । श्रीसत्य साईबाबाले गर्नु भएको चमत्कारीपूर्ण कार्यहरूले महाभारत, जैमिनि भारत, रामायण, र श्रीमद्भावत्मा उल्लिखित ति कार्य चरित्रहरू सब सत्य सावित गरिदिएको छ । अनि २४ अवतारको अतिरिक्त यो साई अवतारका बारेमा मैले संझिएँ श्री मद्भागवत् गीतामा श्री कृष्णले अर्जुनलाई भन्नुभएको “धर्म संस्था पनार्थाय संभवामि युगे युगे” धर्म स्थापनाका लागी युगयुगमा जन्म लिन आउनेछु, भन्ने वाक्य चरित्रार्थ भएको बुझें ।
अब मलाई पूर्ण विश्वास छ हामीहरूको पुराणनुसारका २४ अवतार सब सहि रूपमा रहेछन् भन्ने । ईश्वर भन्ने चिज खोजेर पाइने होइन रहेछ, कर्म गरेर मात्र पाइने रहेछ । भगवान् श्री कृष्णलाई पनि वहाँको अवतार भएको ८६ वर्षको उमेर सम्म ( महा भारत यद्ध समाप्त नभएसम्म ) कर्म निष्ट ऋषिमुनिदेखि बाहेक कसैले पनि ईश्वरको अवतार हुन् भनेर चिनेका थिएनन् । कतिपयले वहांलाई चटकी र ज्यादूवाला पनि भन्दथिए । यदि वहांलाई ईश्वरको अवतार भनेर चिनिदिएको भए सब श्रीकृष्णकै निर्देशनमा हिंड्दा हुन् र महाभारत युद्ध पर्नेने थिएन होला । हुने कुरा हुन पर्ने थियो र नै त्यो भयो होला । वर्तमान सत्यसाई बाबाको अवतारलाई भने यति छिटो अवधिमा कमश मानिसले परिचय गर्दै गएकाले यो रूपले शान्तिको विस्तार गर्दै लैजाने देखिन्छ । शान्ति प्रिय श्री सत्यसाई बाबालाई म पनि साक्षात ईश्वरको अवतार हुनु हुन्छ भनेर विश्वास गर्दछु । चाहे अरूहरू त्यतिनै विश्वस्त नहोलान् । जुन चिज जसले चाखेको छ त्यस्को स्वाद त्यसैलाई मात्र थाहा हुन्छ । चिजै नचाखीकन त्यस्को स्वादको प्रतिक्रिया जनाउनू न्याय संगत हुनेछैन । प्रतिक्रिया जनाउनू भन्दा पूर्व त्यस्को स्वाद चाखेर हेर्नु नै न्याय संगत हुनेछ ।
मैले पैले जति पनि राम कृष्णको अवतार प्रति शंका प्रकट गरें । ति सबको आज पश्चाताप गर्दै प्रायश्चित्तको लागी भगवन्म हिमा लेख्ने विचार प्रकट गरें । उपरोक्त अध्ययनादिको ज्ञान द्वारा श्रीसत्य साईबाबाको संक्षिप्तमा जीवनी र निर्देशन नेपाली भाषामा लेख्ने विचार आयो । लेख्न त लेख्ने गद्यमा कि पद्यमा ? विचार गरेँ, हामीहरूको पहाडी समाजमा विवाह आदि उत्सवमा २ पक्षोय बनेर परस्परमा श्लोक पाठ गरेर हार जित गर्ने प्रचलन छ । तसर्थ गद्यमा भन्दा यो किसिमको लोक लय श्लोक ( पद्य ) मा लेखिदिएमा हाम्रो पहाडी समाजमा छिटो विकास भएर जाने हुन्छ । यस्मा चाख युक्त महानभावहरूले यस्तो लोक लय श्लोकमा लेखिएको कविता पाएमा घोकेर कण्ठस्थ गरी हरेक उत्सवमा विभिन्न राग र भाखामा गाएर प्रचार गरिने हुन्छ । त्यसै कारण हाम्रो पहाडी समाजले कवि देवकोटाजीलाई भन्दा कवि भानुभक्त कवि शिखरनाथ सुवेदी र कवि सुब्बा होमनाथ खतिवडालाई प्रायश चिन्दछन् । तसर्थ आफ्नो क्षमता र योग्यता त्यति नभए पनि ति कविहरूको सामनेमा सूर्यको अगिल्तिर बत्ती जस्तो बनेर कनी कुथी गरेर यो शार्दूल ति छन्दमा कविता लेखें । भाव र लय शैली नमिलेकामा पाठक वृन्दसंग क्षमा याचना गर्दछ ।
जय देश जय नरेश ।
Comments
Post a Comment