लेखकको गुनासो
हामी हिन्दुहरूको पुराण शाश्त्रहरूमा २४ अवतारको वर्णन गरेको पाइन्छ । जसमध्ये श्रीराम र श्रीकृष्णको कार्य चरित्रको वर्णन ठूलो छ । यि दुवै अवतार राजनीतिभित्र मुछिएकोले विजयी जिन्दावाद पराजयी मूर्दावाद भने झैं यि दिजयी जति देव अवतारी र पराजयी जतिलाई दानव रूपमा परिणत गरेको त होइन ? वास्तवमा यि सबै मानिस त होलान् । जिउँदाको सम्झनामा मरेका को बिर्सनामा भने झैं ति सफल राजनीतिज्ञहरूलाई ईश्वरको रूप दिन लेखक कविहरूले तिनीहरूको कार्य अद्भूत र चमत्कारीपूर्ण देखाएका त होइन ? भन्ने शंका लाग्दथ्यो मलाई । त्यसैले म उक्त ईश्वरको अवतारप्रति विकल्पित थिएँ । म आफूले देखे र भ्याए सम्मका पाना पल्टाएर ईश्वरको खोजी गर्न थालें । खोजदा खोजदै झन वर्तमान भौतिकवादी विश्वको गतिविधि देखेर म फेरी य भ्रममा पर्दथिएँ । सौतानी षडयन्त्रबाट राज्यच्यूत भएका राम वाध्य भएर वनगमन गर्न परेको र सुग्रिव र विभीषणको सहायताबाट लंका हत्याई लंकासम्मको शक्ति देखाएर पुनः भरतलाई त्वं शरणमा ल्याएर आफ्नो राज्य हस्तान्तरण गरेको त होइन ? कृष्णः- कंसले विपक्षीको वंश निर्मूल पार्ने योजना गरेको र आफ्नो वंश निर्मूल पार्ने योजनाक...